काठमाडौं। माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन्।

निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।

कार्यदलका सदस्य रहनु भएका कुनै पनि नेताहरु नयाँ दल गठनमा जानु भएको छैन,' सांसद दीपकप्रकाश भट्टले भने । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।

नेकपाकालको स्थायी कमिटीका सदस्य बेदुराम भुसाल पनि नयाँ दल दर्तामा सहभागी रहेका छन्। सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन्।