सिन्धुलीमाढी। सिन्धुलीमा आज (मंगलबार) प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । कमलामाई नगरपालिका वडन नं. -९ कमला खोलामा अवैद्य रुपमा ढुङ्गा लोड गरी रहेको अवस्थामा प्रहरी पुगेपछि घुस दिन खोज्दा कमलामाई नगरपालिका -९, बथानचौरी बस्ने २९ वर्षिया सोम बहादुर माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलिले ना. ७ त. ४८०६ नम्बरको ट्रयाक्टरमा अवैद्य रुपमा ढुङ्गा लोड गरिरहेको देखेपछि ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । उक्त ट्रयाक्टरलाई नियन्त्रणमा लिए पश्चात ट्रयाक्टर धनि माझीले प्रहरी टोलिलाई आठ हजार रुपैँया दिन्छु छाड्दिनु भनि दुई हजार दिदैँ छ हजार रुपैँया बाँकी पछि दिन्छु भनि आर्थिक प्रलोभनमा पार्न खोजको कारणले ट्रयाक्टर र ट्रयाक्टर धनिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि ढुङ्गा सहित वडा नं. -९ कार्यालय भिमान पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो। ट्रयाक्टरधनिलाई भने नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको लामाले बताउनुभयो ।