सिन्धुलीमाढी। सिन्धुली अस्पतालका सूचना अधिकृत राजकुमार घोलेले आज जन्म दिनको अवसरमा सिन्धुली अस्पतालमा नि:शुल्क ओपिडि टिकट तथा नि:शुल्क स्वास्थ्य जाँचका लागि सुनौलो अवसर दिनुभएको छ। आज जन्मदिनको अवसरमा घोलेले स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने हेतुले सुनौलो अवसरको आयोजना गर्नुभएको हो ।

उपचार गर्न आएका सम्पुर्ण सेवाग्राहीहरुका लागि आज उहाँले नि:शुल्क गरिदिने बताउनु भयो । उपचार गर्नबाट वञ्चित भएका व्यक्तिहरुको लागि उपचार पाओस् भन्ने उद्देश्यले नि:शुल्क स्वास्थ्य परीक्षणको अवसर प्रदान गरिएको घोलेले बताउनु भयो । सिबीसि, युरिन, ब्लड ग्रुपिङ, आरयसबि र स्टुलको नि:शुल्क उपचार गरिने घोले जानकारी दिनुभयो । उहाँले आज सम्पूर्ण इच्छुक व्यक्तिहरुलाई स्वास्थ्य परीक्षणको लागि अनुरोध गर्नुभएको छ।

साथै अधिकृत घोलले आज जन्मदिनको अवसरमा माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यलयको भवन निर्माणको लागि १ लाख ११ हजार १ सय रुपैयाँ प्रदान गर्नुभएको छ।