सिन्धुलीमाढी। सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ८ का भुकम्प पीडितहरूलाई पीडा माथि पीडा थपिएको छ। भुकम्पले क्षतिविक्षत वनाएको घर निर्माणको क्रममा ठगि भएपछि पीडितहरूमा झन् पीडा थपिएको हो।

वडा नं ८ बेसारेका स्थानीय गगन सिँह स्याङबाको २०७२ सालको भुकम्पले क्षतविक्षत भएको घर पूर्ण क्षतिमा परेको थियो। जमिन आफ्नो नामको नभएपछि पहिलो किस्ता लिएपनि नेपाल सरकारले ऐलानि जग्गामा घर वनाउन निर्देशन दिएको थिएन। सोही अनुरुप स्याङ्बाले २ वर्ष सम्म घर निर्माणको थालनी गर्नुभएको थिएन। सरकाले ऐलानी जग्गामा पनि पाएक पर्ने ठाउँमा भुकम्पको घर मापदण्ड अनुसार निर्माण गर्न मिल्ने भन्दै निर्देशन गर्‍यो। बिहान बेलुका छाक टार्न समेत कठिन स्याङ्बाले पहिलो किस्ताको ५० हजार रुपैया परिवार धान्न खर्च गरि सकेका थिए।

उहाँले भन्नुभयो “७० वर्ष पुग्न लागिसकेँ घर निर्माण गर्ने मेरो बुतो नभ्याउने थियो, सरकारले भुकम्पको घर निर्माण नगरे नाम कालोसुचिमा राख्दिने सूचना सुनेँ। आज भन्दा ६ महिना अगाडी गाउँकै चन्द्रदेबी सामुदायिक वन समितीका अध्यक्ष गिता विक(बिन्दा) ले घर वनाइदिन्छ भन्दै भुकम्पको कार्ड र नागरिकता मागिन्। आफ् भन्दा बुजेको हुनाले मख्ख परे सबै घर निर्माणको काम उसैलाई सुम्पिए । भसकम्पको घर काठको डिजाइन अनुसारको नक्सा पास गरेर ल्याएको रहेछ । अलि अगाडि डिबिसि ढलान गरियो जसमा भुई ढलानमा रड प्रयोग गरिएको थिएन । आफु भन्दा जानेको ब्यक्तिले गरेको भन्दै मैले केही भनिन जस्ताको छाना,एकापटि काठको पटाको बार अनि अर्काे पटि छाना लाएर बाँकि बसेको जस्ताले बरिदिएकी थिइन त्यसमै बस्न लागे। ” स्याङ्बाले भन्नुभयो ।

आँखाको आशु पुस्दै उहाँले भन्नुभयो दोस्रो किस्ता र अन्तिम किस्ता लिनेबेला केही बोल्यो भनि घर पास हुँदैन भनेकाले मैले केही बोलिन। दोस्रो किस्ता लिन जाँदा बैङ्कबाट पैसा निकालेर मैले थपक्क गिताको झोलामा पैसा राखिदिएँ उहाँले भन्नुभयो । खाजा खाने र घर फर्किने भाडा भएन भनेपछि गिताले ५ सय रुपैया हातमा थमाईदिएको बताउनु भयो । अन्तिम किस्ता लिने बेलानी बैङ्क बाट पैसा लिने बित्तिकै उनकै हातमा पैसा थमाईदिए फेरि उनले खाजा खानु भनेर ५ सय दिएको बृद्ध स्याङ्बाले बताउनु भयो ।

५० हजारको लगानि नि नभएको घर प्राधिकरणले पास गरिदियो । न त्यहाँ मापदण्ड पुरा भएको छ न घर बलियो छ । गगन सिँह स्याङ्बा त एक पात्र मात्र हुन् । बेसार,गोठखोलका दर्जन भन्दा बढि भुकम्प पीडिको नाममा आएको पैसा वन समितीका अध्यक्ष गिता बिकले घर नै पूर्ण निर्माण नगरि घर पास गरेर पैसा बुजिसकेकी छिन् । अध्यक्ष बिकले स्थानीयहरू मान बहादुर बम्जन,गगन सिँह स्याङ्बा ,लाल बहादुर स्याङ्बा,बिष बहादुर बम्जन,शानिमाया बम्जन,बिर्ख बहादुर बम्जन र गंगादेबि सुनुवारको घर निर्माण गर्दिन्छु भनेर स्थानीय लाई बुझ्न लगाएका थिइन् । दुबै किस्ता बुझ्दा स्थानीय लाई १ हजार, १ हजार ५ सय खाजा खर्च भनेर हातमा थमाईदिएको स्थानीयहरूको गुनासो रहेको छ।

स्थानीय मान बहादुर बम्जनकोे मापदण्ड बिपरित घर निर्माण गरिदिएकी छिन् । मान बहादुरले भन्न्भयो “घर निर्माण गर्दा न रड प्रयोग भयो न डबल ईट्टा लगाईदिए न त घरको छानो नै छ। घर पास गरि तेस्रो किस्ता पनि गिताले लिइन ” त्यस्तै स्थानीय मकर बहादुर मोक्तानको भुकम्पको घर निर्माण आफैले गरे पनि ईन्जिनियरले पास गर्दैैन भनेर अध्यक्ष बिकले १५ हजार रुपैया पैसा मागेको मोक्तानले गुनासो गर्नुभयो । इन्जिनियरलाई पैसा दिए मात्रै घर पास गर्दिन्छ नभय नाम कालो सुचिमा पार्दिन्छ भनेपछि डरले उनलाई पैसा दिएको बताउनु भयो।

अर्का स्थानीय शमशेर स्याङ्बालाई भने घर पास गरिदिएको भन्दै बजारमै ८ नं वडाका २ जना इन्जिनियरले बाटो छेकेर पैसा मागेको शमशेरकी पत्निले गुनासो गरिन् । उहाँले भन्नुभयो “त्यतिबेला पैसा दिन्न भनेर उम्किएका थियौ तर भोलिपल्ट नै दु्बैजना इन्जिनियर घर आएर धम्कि दिए , श्रीमानलाई मोटरसाइकलमा राखेर घर फिर्ता गर्दिन्छौँ अब कालो सुचिमा नाम पर्छ भनेर धििम्क दिएपछि १० हजार पैसा दियौँ ।” अर्का स्थानीय कालिमाई गोलेलाई वन समितीकी अध्यक्ष गिता बिकले घर पास गर्दिन्छौँ २० हजार दिनु भनेकि थिइन् । उनले म आफै पास गर्छु भन्दा पनि धम्क्याउने,बाटो छेक्ने गरेपछि कालिमाईले गितालाई पैसा दिएको बताउनु भयो । उनले मैले बनाएको घरमा उनको किन पैसा लिने भन्दै वडामा खबर गरिन् । वडाले प्रहरी समक्ष जानुस भनेर पठाएपछि कालिमाईले प्रहरीमा उजुरि दिएकी थिइन् ।

गितालाई प्रहरी कार्यलयमा बोलाएको कालीमाईको पैसा इन्जिनियरलाई दिनको लागि मागेको भन्दै उनको २० हजार पैसा फिर्ता गरिदिएको कालिमाईले सुनाईन् । त्यसपछि स्थानीयले थाहा पाए कि हामिलाई ठगिएको रहेछ । वडन नं. -८ इन्जिनियर सौरब कर्ण र दिपेन्द्र महाशेठको मिलीमतोमा स्थानीय गिता बिकले भुकम्प पीडितबाट बिभिन्न धम्कि देखाएर पैसा अशुली गरेको स्थानीय इन्द्र लामिछानेले बताउनु भयो । गाउँका गरिब,अशिक्षित र असाहय ब्यक्तिलाई छानिछानि ठगीएको उहाँले बताउनु भयो।

यता ठगिएको आरोप लागेकी गिता बिकले भने आफुले स्थानीय सँग पैसा उठाएर इन्जिनियरलाई पठाएको स्वाकारेकी छिन् । उनले भनिन् “ इन्जिनियरको नाम पनि मलाई थाहा छैन । मैले स्थानीयको घर पास हुँदैन भनेरै पैसा संकलन गरेर इन्जिनियरलाई पठाएको हुँ ।” इन्जिनियरले ठगि गरेको भनेर स्थानीयले प्रहरी समक्ष मुद्दा हालेको थाहा पाएर १ लाख २० हजार रुपैया इन्जिनियर दिपेन्द्र महाशेठले रकम आइएमई बाट फिर्ता गरेका छन् । जिल्ल्ााँ प्रहरी कार्यलय सिन्धुलीले भने उक्त ठगिको मुद्दा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास लाई पठाएको जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय खेलाडी तथा स्थानीयबासी गोपिलाल बम्जनले भने गाउँका सोझासिदा जनतालाई ठगेकोमा दु:ख ब्यक्त गर्नुभयो। बिहान खायो बेलुका के खाँउ भन्ने स्थितीका स्थानीयमाथि भएको अन्यायको उहँले घोर भत्र्सना गदैँ दोषी लाई कारबाहिको माग गर्नुभएको छ ।