सिन्धुलीमाढी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको ७० प्रतिशत वडा कमिटिको भेला समपन्न भएको छ । श्रावण ३० गते सम्म सिन्धुलीको ७९ वटै वडा कमिटिको भेला सम्पन्न गर्ने लक्ष्य अनुरुप ७० प्रतिशत वडामा भेला सकिसकेको हो।

माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालल(राजन)ले भन्नुभयो “श्रावणको ३० गते सम्म जिल्लाको ७९ वटै बडा कमिटिको भेला तथा बैठक सम्पन्न गर्र्र्ने लक्ष्य छ,आज सम्म ७० प्रतिशत वडामा वडाकमिटि भेला तथा बैठक सम्पन्न गर्न सफल भइसकेका छौँ” वडाबाटै एकताबद्ध भएर जाने,आम जनतालाई प्रशिक्षित गर्ने,पार्टी सदस्याई पार्टी कमिटीमा संगठित गर्ने उदेश्यले वडा कमिटिको भेला तथा बैठकको बस्ने अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताउनु भयो।