काठमाण्डौ । सरकारले विश्व विद्यालय अन्तर्गत संचालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।
स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले विद्यार्थीहरुलाई प्रवेशपत्रको आधारमा खोप लगाउन सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकामा प्रहरी अस्पताल बलम्बु, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको हो । यस्तै, उपत्यका बाहिरका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।