काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । 

बुधवार रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । घिसिङले बुधवार अपरान्ह नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट नियुक्तिपत्र बुझ्नुभएको थियो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको छ ।