सिन्धुली। सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको खुर्काट स्थित सुनकोशि नदिको किनारमा एक बेवारिसे शव फेला परेको छ ।
बुधबार दिउँसो २ बजे तिर अन्दाजि ५५ देखि ६० बर्ष उमेरको महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले शव नदिको किनारमा गलेर सडेको अवस्थामा भएकाले पहिचान गर्न नसकेको बताए । स्थानीय जनप्रतिनिधि वडा नं -७ का वडा अध्यक्ष लगायत प्रहरिले उक्त बेवारिसे शवको व्यवस्थापन गरिएको जनाएको छ।
