सिन्धुलीमाढी। जिल्ला अदालत सिन्धुलीमा आर्थिक वर्ष २०७७/७८ मा ५ सय ९३ थान मुद्दा भएको छ । यो वर्ष जिल्लामा अन्य वर्षको तुलामा मुद्दा दर्ता वृद्धि हो । आर्थिक वर्ष २ंं०७७,७८ मा ५ सय ९३ वटा मुद्दा दर्ता, ३ वटा रिट र आर्थिक वर्ष २०७६,७७ को सरिआएको ३ सय ५८ वटा मुद्दा र ४ वटा रिट गरी जम्मा ९ सय ५८ थान लगत हुन आएको जिल्ला अदालत सिन्धुलीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
आर्थिक वर्ष २०७७/७८ मा ९ सय ५८ थान मुद्दामध्ये ३ सय ३८ थान मुद्दा मात्रै फर्छ्यौट भएको जिल्ला अदालत सिन्धुलीका न्यायधिस महेन्द्र बहादुर कार्कीले बताए । यो मुद्दा दर्ताको ३५ दशमलव २८ प्रतिशत हो। दर्ता भएका मुद्दालाई ४ वटा विवरणमा बाँडेर फर्छ्यौट गरिएको श्रेस्तेदार भरत दाहालले बताए । जसमा सरल मार्गमा ४ सय ७ वटा मुद्दा दर्ता भएको मध्ये १ सय ३७ थान मात्रै फर्छ्यौट भई २ सय ७० वटा मुद्दा बाँकि रहेको छ।
त्यस्तै सामान्य मार्ग तर्फ १ सय ७२ थान मुद्दा दर्ता भएकोमा २२ थान फर्छ्यौट भई १ सय ५० थान बाँकि, विशेष मार्गतर्फ १६ थान मुद्दा दर्ता भएको एउटै फर्छ्यौट नभएको र बन्दिप्रत्यक्षिकरण तर्फ १ थान मुद्दा परेकोमा फर्छ्यौट भइसकेको श्रेस्तेदार दाहालले बताए। न्यायपालिकाको पञ्च वर्षिय योजना अनुसार फैसला गर्नुपर्न भएपनि ३ सय ३८ वटा मात्र मुद्दाको फैसला भएको छ । लक्ष्यको तुलनामा यो ५३.९९ प्रतिशत हो। बालबालिकाको पक्षमा भएका २३ थान मुद्दा मध्येल ४ थान मुद्दा फर्छ्यौट भई १९ थान बाँकि रहेको छ । महिला पिडित भएको २ सय ३९ थान मुद्दा रहेकोमा १ सय २ थान मुद्दा फर्छ्यौट भई १ सय ३७ थान बाँकि रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा सम्बन्ध बिच्छेदका १ सय ४८ मुद्दा दर्ता भएका थिए । जसमध्ये ८६ थान मुद्दा फर्छ्यौट भई ६२ थान मुद्दा बाँकि रहेको श्रेस्तेदार दाहालले बताए । त्यस्तै फैसला कार्यान्वायन तर्फ १ सय १३ थान मुद्दा दर्ता भएकोमा ५५ थान फर्छ्यौट भएको र ५८ थान मुद्दा बाँकि रहेको छ।
विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण मुद्दा फर्छ्यौटमा कमी भएको श्रेस्तेदार दाहालको भनाई रहेको छ । ४ करोड ४६ लाख ८९ हजार १ सय ३२ रुपैया २८ पैसा जरिवानाको लगतमा आर्थिक वर्ष २०७७/७८ मा १ करोड १७ लाख ७४ हजार ५ सय ९४ रुपैया ७ पैसा फर्छ्यौट भएको र ३ करोड २९ लाख १४ हजार ५ सय ३७ रुपैया ५८ पैसा बाँकि रहेको जनाईएको छ । अदालतमा जरिवाना तिर्न बाँकि रहेका प्रतिबादिलाई नेपाल सरकारको काममा रोक्का गरिएको छ।
जिल्ला अदालत सिन्धुलीमा बालबालिकाको मुद्दा हेर्न इजलासको व्यवस्था गरिएको छ । त्यस्तै अशक्त,असहाय,गरिब तथा थुनुवाको सहायताका लागि वैतानिक कानुन व्यवसायीको व्यवस्था गरिएको छ ।
