काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धनमा खटपट शुरु भएको छ ।

प्रधानमन्त्री देउवाले आइतवार स्वास्थ्य राज्यमन्त्रीमा आफू निकट उमेश श्रेष्ठलाई जिम्मेवारी दिएपछि उहाँकै पार्टीका नेताहरु असन्तुष्ट बनेका छन् । गठबन्धले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको छ । तर, त्यही कार्यदलसँग सामान्य छलफल नै नगरी प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ ।

आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्दा कार्यदलमा सामान्य छलफल समेत नगरेको भन्दै कार्यदलमा असन्तुष्टि बढेको छ । सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर कार्यदलले सरकारलाई राय सुझाव दिने भनिए पनि आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा कार्यदललाई पत्तो नै नदिएपछि कार्यदलमा असन्तुष्टि देखिएको हो ।

कार्यदलका संयोजक खड्काले मन्त्री नियुक्तिबारे आफूहरूलाई थाहै नभएको बताउदै मन्त्री बनाएको नै थाहा हुँदैन भने कार्यदलको औचित्य नरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।खड्का नेतृत्वको कार्यदलको सदस्यमा काँग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ र जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव रहनुभएको छ ।

यसअघि देउवाले गण्डकी प्रदेशमा पनि दलित नेतालाई हटाएर ठेकदारलाई मन्त्री बनाएको भन्दै आलोचना भएको छ