सिन्धुलीमाढी। सिन्धुलीमा आज भएको मोटरसाइकल दुर्घटना १ जनाको ज्यान गएको छ।
सिन्धुलीको बि.पि. राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका -०२, मझुवा बगरमा आफैले चलाएको मोटरसाइकल दुर्घना हुँदा मोटसाइकल चालक रामेछापको खाँडादेवी गाउँपालिका -०६, का वर्ष ३८ का प्रकाश के.सी. गम्भिर घाइते भएका थिए। घाइते केसिको उपचारकै क्रममा आज धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुुलीका प्रवक्ता मनोज लामाले बताए। प्रहरी प्रवक्ता लामाका अनुसार बा. ६२ प. ९८८० नम्बरको मोटरसाइकल नेपालथोकबाट खुर्काट तर्फ जाँदै गर्दा आफै अनियन्त्रित भई सडकबाट २५ मिटर तल खसेको थियो।
