सिन्धुली। सिन्धुली जिल्लाको दुधौली नगरपालिका स्थित वडा नं. १० देखि वडा नं. १३ को ठाकुरसम्म जोड्ने सडक सामाजिक सञ्जालमा हल्ला फैलिए जस्तो गुणस्तरहिन काम नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयागले जनाएको छ। सडक अबिरल वर्षा सँगै आएको बाढिले बगाएको अख्तियारको अनुगमन टोलीले जनाएको छ। सिन्धुलीको दुधौलि नगरपालिका वडा नं. १० लखिमादेखि वडा नं. १३ ठाकुर दमारसम्मको १७ किलोमिटर सडकको कामीटार स्थित ५ सय मिटर सडक अविरल वर्षाका कारण आएको बाढीले पूर्ण रुपमा ध्वस्त भएपछि सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भएपछि अख्तियारसहितको टोली आइतबार उक्त स्थानमा अनुगमनका लागि पुगेको थियो।

सोही सडकको विषयमा सामाजिक सञ्जालमा ठेकेदारको लापरबाहिको कारण सडक भत्किएको र बाढीले बगाएको आरोप लागेको थियो। सडकको अवलोकनको लागि असार २० गते आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमान्डौँ र बर्दिबासको टोलिले उक्त सडक अबिरल वर्षाका कारण भत्किएको बताएका हुन्। सडक सम्झौता र मापदण्ड अनुसार नै निर्माण भएको तर प्राकृतिक विपत्तिले ध्वस्त पारेकाले कानूनी प्रक्रिया अनुरुप पुष्टि गरिने अख्तियारको अनुगमन टोलीले बताएको छ । 

यता स्थानीयहरु भने वर्षौँपछि गाउँमा सवारी पुग्दा खुसी थिए । तर स्थानीय बासिको खुसी खोस्न प्राकृतिक विपत्ति आएको भन्दै दुख व्यक्त गरेका छन् । स्थानीय वर्ण बलले भने १६ गते बेलुकाको जस्तो अबिरल वर्षा २०४१ सालमा मात्रै यता परेको थिएन । “१६ गते राति एक्कासी अबिरल वर्षा भयो । एक्कासी पाखाहरु सुसाएर आयो । सडकको एउटा मात्रै नाला भएकाले पानि थाम्न नसकेर पानि सडकका बग्न लाग्यो । तीनवटा खहरे यति बलवान भएर आयो कि सडकमा लाएको जालि धरि च्यातियो । हेर्दाहेदै सडक भत्कियो । सडकको छेउछेउमा खोलिन थाले अनि सडक धुजाधुजा भयो” स्थानीय बलले भने । धन्न उक्त खहरे बीचबाट बाटो खोलेर अरुण खोलामा गएर मिसियो नभए आदि घण्टासम्म त्यै स्तरमै पानि परेको भए पाखै बगाएर लग्ने थियो उनले फेरी थपे । 

उक्त कृषि सडक करिब २ वर्ष अघि स्थानीय पूर्वाधार विकास तथा कृषि सकड विभाग डोलिडार अन्तरगतको ग्रामीण सञ्जाल सुधार आयोजना र पिसिआई कन्काई जेभि काडमाडौंबीच २६ करोड ३१ लाखमा ठेक्का सम्झौता भएको थियो। सडकको लम्बाई ५ मिटर २५ सेन्टिमिटर, एकतर्फ मात्र नाला रहको छ । १० वर्षअघि कृषि सडकको डिपिआर गरिएको थियो । यता उक्त सडक ठेक्का पाएको सब कन्टेक इमानुयल कन्ट्रक्सनका डाइरेक्टर डिबि बम्जनले स्थलगत भ्रमण नगरी सामाजिक सञ्जालमा नकरात्मक सन्देश फैलाएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ। सत्यतथ्य नबुझी सडक निर्माणमा पनि राजनीति मिसाएको उनले बताए। उनले भने यदि “कानूनी रुपमा सडक निर्माणको क्रममा गुणस्तरहिन पुष्टि भए कानूनी रुपमा सजाय भोग्न तयार रहेका छौँ । तर सामाजिक सञ्जालमा भेटिएको फोटोको भरमा जथाभाबि लेख्नु कानून विपरित रहेको छ।” 

दुधौली नगरपालिका वडा नं. १३ का अध्यक्ष मिलन कुमार सुनुवारले सडक निर्माणमा कुनै त्रुटी नएको तर अविरल वर्षाका कारण सडक बगाएको बताएका छन्। सडक निर्माणका लागि मापदण्ड अनुसारकै सामग्री प्रयोग भएको र समय समयमा गरिएको अनुगमनका क्रममा पनि त्रुटी नपाईएको बताएका छन्। 

सडक ठेक्का पाएका इमान्युअल कन्स्ट्रक्सनका प्रमुख क्षेत्र बम्जनले सडक निर्माणमा अनियमिता भएको भन्ने कुरा झुटो भएको बताएका छन्। ठेक्का सम्झौता अनुसार ठेक्काको काम सम्पन्न भएको तीन वर्षभित्र सडक भत्किए ठेकेदार जवाफदेही हुने र सोही अनुसार ठेकेदारले नै सडक मर्मत गरिदिने बताए।