सिन्धुली। श्रमजीवी पत्रकार ऐन कार्यन्वायन गराउन पहल गरिने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् । आज सिन्धुलीमाढीमा सम्पन्न श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र जिल्लाको अवस्था विषयक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले पत्रकारहरुको हकहितको लागि पत्रकार ऐन कार्यन्वयन गर्ने सहयोग गर्ने बताएका हुन्।

उनले स्थानीय मिडिमायामा प्रकाशन गर्न मिल्ने विज्ञापन अब जिल्ला बाहिर मिडिमा पठाउन नमिल्ने भन्दै स्थानीयतहरूलाई उक्त कार्य रोक्न निर्देशन दिने बताए । सञ्चार तथा सुचना प्रविधि मन्त्रालय न्युनतम पारिश्रमिक निर्धारण समितीको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजनामा आज जिल्लाका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन नहुँदा पत्रकारहरुलाई बाँच्ननै मुस्किल हुँदै गएको पत्रकारहरुको भनाई रहेको छ।

स्थानीय सरकारले विज्ञापनमा समानुपातिक प्रणालीको लागू नगर्दा पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने बताइएको छ। जिल्लाका स्थानीय तहले मिडिया सञ्चालन गर्ने असहयोग गरेको नेपाल पत्रकार महासंघ सिनधुलीका उपाध्यक्ष टिकाजंग थापाले बताए। सरकारी निकायले जिल्लाका मिडियालाई बेवास्ता गरी कमिसनका लागि सेटिङ्गमा विज्ञापन पठाउने गरेको उनले बताए। जिल्लाका मिडिया हाउसले पत्रकारको ऐनको कार्यान्वयनै कम मात्रामा गरेका छन् । नियुक्ति दिने, मिडिया हाउसमा कल्याणकारी कोषको स्थापना, न्यूनतम पारिश्रमिक लागू, तथा मासिक पारिश्रमिक नदिएको श्रमजीवी पत्रकारहरुको गुनासो रहेको छ।

अन्तरक्रिया कार्यक्रममा न्युनतम पारिश्रमिक समितीका सदस्य बिमला पाण्डेले पत्रकार ऐनमा भएका व्यवस्थाको विषयमा स्पस्ट पार्नु भएको थियो । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।