सिन्धुलीमाढी। सिन्धुलीमा आज प्रतिगमन भाग दुईलाई पराजित गरौँ भन्दै जिल्लाका विभिन्न संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । केपी शर्मा ओली नेतृत्वको असंवैधानिक कदम,पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगाायतको बिरोधमा जिल्लाका संगठनहरुले बिरोध प्रदर्शन गरेका हुन्।
जिल्लाका अखिल (क्रान्तिकारी),नेपाल विद्यार्थी संघ,अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनले केपी शर्मा ओलीको असंवैधानिक,अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश कदमविरुद्ध कमलामाई नगरपालिका अगाडि जुनारचोकमा प्लेकार्ड,पम्प्लेट बोकेर नाराबाजि गरेका छन् ।
त्यस्तै संसद्लाई छलेर विभिन्न अध्यादेश जारी गरिएकाले त्यस्ता अध्यादेश खारेज गर्नुपर्ने, कोरोनाको खोप सम्पूर्ण नेपाली जनताले पाउनु पर्ने जस्ता माग सहित बिरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य उत्तम पहाडिले बताए। जुनार चोक अगाडि युवाहरुले संविधान, राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रतिगामी ओली सरकार मुर्दावाद, मूल्यवृद्धि नियन्त्रण गर, लगायतको प्लेकार्ड, पम्प्लेट सहित बिरोध गरका हुन्। आज देशै भरी संयुक्त संगठनले प्रतिगमन भाग दुईलाई पराजित गरौँ भन्दै बिरोध प्रदर्शन गरेका छन्।
