सिन्धुलीमाढी। नेपाली काङग्रेस जिल्ला कार्यसमिती सिन्धुलीले मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेको छ। मङ्गलबार नेपाली काङ्ग्रेसका जिल्ला सभापति उज्वल बराल, महिला संघ सिन्धुलीका अध्यक्ष गंगाा दाहालसहित युवा नेता उत्पल खड्का, ईश्वर पोखरेल, शेखर मिश्रले मरिण गाउँपालिकामै पुगेर मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनलाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेका हुन्। 

कोभिड १९ को आक्रान्त फैलिएको समयमा नेपाली काङ्ग्रेस सिन्धुलीले मरिण गाउँपालिका लाई सर्जिकल माक्स ५ सय,सेनिटाइजर १० लिटर,फेस सिल १५ पिस, साबुुन ३५ पिस पिपिई सेट ८ सेट लगाायत अन्य स्वास्थ्य सामाग्री बितरणा गरेको छ । माहामारिको समयमा पनि सुरक्षित भई सेवाग्राहिलाई सेवा प्रदान गर्न सहज होस भनेर स्वास्थ्य सामाग्री सहयोग गरिएको जिल्ला सभापति बरालले बताए । सभापति बरालले माहामारिको समयमा नेपाली काङ्ग्रेसले सहयोग गर्देै आएको र आगामि दिनमा पनि सहयोग गर्ने बताए । स्वास्थ्य सामाग्री सिन्धुली काठमान्डौँ सम्पर्क समितीले उपलब्ध गराएको हो ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका बाहेक ८ वटै पालिका जिल्ला अस्पतालमा पनि नेपाली काङ्ग्रेसले स्वास्थ्य सामाग्री बितरण गरेको छ । हरिहरपुगढि गाउँपालिकालाई पनि छिटै स्वास्थ्य सामाग्री प्रदान गरिने महिला संघ सिन्धुलीकी अध्यक्ष गंगाा दाहालले बताइन् । कोरोनाको माहामारिलाई न्युनिकरणा गर्नका लागि स्वास्थ्य सामाग्री प्रदान गरेकोमा नेपाल काङ्ग्रेस सिन्धुली र सम्पर्क समितीलाई मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले धन्यवाद ब्यक्क्त गरेका छन् ।