माओवादी केन्द्र सिन्धुलीले आज जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि) सिन्धुलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल(राजन)ले डिसिसिएमसि सिन्धुलीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

जिल्ला प्रसासन कार्यलय सिन्धुलीमा आज एक औपचारिक कार्यक्रमबीच अध्यक्ष दाहालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका  हुन्। माओवादी केन्द्र सिन्धुलीले कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहर फैलिएसँगै जिल्लामा स्वास्थ्य सामाग्री अभाब नहोस् भन्दै स्वास्थ्य सामाग्री प्रदान गरिएको पार्टी अध्यक्ष दाहालले बताए। 

डिसिसिएमसीलाई अक्सिमिटर १० थान, मास्क (एन–९०) १ सय ६० पिस, एन्टिजेन टेष्ट -१० थान, थर्मल गन १ थान, सर्जिकल मास्क ५ सय थान, पिपिई गाउन ५ थान लगाायत अन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको जनाईएको छ। जिल्लामा कोरोना भाइरस न्यूनिकरण गर्ने उदेश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।