सिन्ध्लीमाढी। जिल्ला प्रशासन कार्यलय सिन्धुलीले अनेरास्ववियू सिन्धुलीले बुझाएको ज्ञापनपत्रलाई प्राथमिकता दिएको छ । गत जेठ १८ गते अनेरास्ववियूले सिन्धुलीबासी कोरोनाको चपेटामा परेको बेला कालोबजारी बढेकाले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको थियो।

जिल्ला प्रहासन कार्यालयले अनेरास्ववियूको सो ज्ञापनपत्रलाई गम्भिर रुपमा लिएको जनाएको छ। शनिबार सूचना जारी गर्दै कार्यालयले ज्ञपनपत्रका कुराहरूलाई प्राथमिकतामा राखेको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रसाद सिटौलाले पत्र नै निकालेर जानकारी गराएको हो । पत्रमा ज्ञापनपत्रलाई मध्यनजर गर्दै जिल्लामा भएका कालोबजारी नियन्त्रण,स्वास्थ्य सामाग्रीको गुणस्तरीयता कायम गर्नेको लागि सहयोग र सहजिकरण गर्ने जनाएको छ। कालोबजारी लगायत अन्य विकृति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलले तत्काल अनुगमन थाल्ने सहायक प्रमुख सिटौलाले बताए।

गत जेठ १७ गते अनेरास्ववियू सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तान सहित जिल्लाका ९ वटै पालिकाको कमिटीले सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको थियो । हरेक पालिकामा नसोचेको कालोबजारी, मुल्यवृद्धि लगायत विभिन्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । यसैबीच जिल्ला प्रशासन कार्यलय सिन्धुलीले अनेरास्वयुले बुझाएको ज्ञापनपत्रको आधारमा जिल्लााको ९ वटै स्थानीय तहमा बोधार्थ सहित सम्बोधन गरेको यो पहिलो पटक रहेको अनेरास्वयुका केन्द्रीय सचिवालय सदस्य लाल बहादुर बढाथोकीले बताए । उनले उक्त मुद्धालाई गम्भिर रुपमा लिएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रसाद सिटौलालाई धन्यवाद ज्ञापन गरेका छन्।