सिन्धुलीमाढी। तीन दिनदेखि हराएका युवकको शव आज मरिण खोलामा गाडिएको अवस्थामा फेला परेको छ। मरिण गाउँपालिकाको वडा नं. -६ स्थित अम्बर वाइबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको हो।
अन्दाजी १८ वर्षका युवकको शव गाडिएको अवस्थामा आज दउँसो एक व्यक्तिले फेला पारेका हुन्। मरिण गाउँपालिका वडा नं. -६ धमिलेका युवक गत १८ गते माछा मार्नका लागि घर बाट हिँडेका थिए । तर घर नफर्किएपछि उनलाई खोजतलास गरिए पनि फेला परेका थिएनन् ।
