संगठनमा नभएका व्यक्तिले जनतासामु भ्रमात्मक गतिविधि गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल सिनधुलीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका संयोजक देबराज वाइबाले प्रेस विज्ञप्ति जारी गरेर भ्रमात्मक गतिविधि गर्ने व्यक्ति संगठनमा नभएको जनाएको हो।

राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०४७ साल जेठ १ गते स्थापना भएको र निरन्तर रुपमा युवाहरुको हकहित आमजनसमुदायको सरोकारको मुद्दालाई उठान गर्दै आएको भन्दै त्यस्ता गतिविधिको भ्रममा नपर्न विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल संगठनको आधिकारिक नाम राष्ट्रिय युवा संघ नेपाल रहेको र उक्त संगठनको केन्द्रीय अध्यक्ष बचन बहादुर सिंह रहेको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ “प्रजातन्त्र र लोकतन्त्रिक गणतन्त्रमा विश्वास गर्ने जो कोहीका लागि निर्वाचन अपरिहार्य र भरपर्दो पद्धति हो । बिगत केहि समयदेखि मुलुकमा विद्धमान राजनीतिक विकृति र बिसंगतिको परिणति स्वरुप बहुमतको नेकपा एमाले नेतृत्वको सरकारमाथि आन्तरिक र बाह्य पार्टिबाट समेत घेराबन्दि गरी विभिन्न अराजनितिक हुँदै आएको छ।”

त्यस्तै विज्ञप्तिमार्फत वर्तमान परिस्थितिको आवश्यकता बमोजिम नै राष्ट्रपतिबाट कार्तिक २६ र मंसिर ३ गते घोषित निर्वाचनमा भाग लिन लोकतन्त्रवादी राजनीतिक पार्टीहरूलाई अपिल गरेका छन्।