सिन्धुली। जनतालाई घरभित्र थुनेर ओली सरकारले राज्यकोषको दोहन गरी आदर्श र भ्रमको खेती गर्न लागको सिन्धुलीका युवाहरुले आरोप लगाएका छन् । आज जिल्लाका चार युवा संगठनले प्रधानमन्त्रीले चालेको निर्णयविरुद्ध निकालेको संयुक्त प्रेस विज्ञप्तिमार्फत आरोप लगाएको हो।
तरुण दल सिन्धुलीका सभापति विजय कुँवर, वाइ सिय एल सिन्धुलीका संयोजक भुल बहादुर राना(अबिरल), युवा संघ सिन्धुलीका अध्यक्ष विष्णु बुर्जा र जनता समाजवादी युवा संघ सिन्धुलीका अध्यक्ष हेम पुलामिद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति सार्बजनिक गरेको छ।
विज्ञप्तिमा भनिएको छ “अहिले नेपाली जनता कोरोना महामारीको बिषम परिस्थितिसँग जुधिरहेका छन् । तर जनताको जीवनरक्षाको जिम्मेवारी बोकेको ओली सरकार महामारीको नियन्त्रणमा जुट्नुको साटो खोप अक्सिजन लगाायतका स्वास्थ्य सामग्रीमा पनि कमिसन, दलाल र कालोबजारी गर्न तल्लिन रहेको छ।” त्यस्तै नागरीकता जस्तो संबेदनशिल बिषयमा समेत ओली सरकारले राजनीति गरी सत्ता टिकाउन राष्ट्रघाति निर्णय गरेको भन्दै यस्तो सरकारकारको खुलेर बिरोध गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। ओलीले विधिको शासनलाई खड्ग प्रहार गर्ने, सार्बभौम सत्ता सम्पन्न प्रतिनिधिसभा लाई पटक पटक बिघटन गर्ने दुश्प्रयासले नेपाली जनताको अधिकार, अभिमत माथि आघात पुर्याएको विज्ञप्तिमा उल्लेख गरीएको छ।
जेठ ७ गते मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक रुपमा दोस्रो पटक प्रतिनिधि सभाको बिघटन गरेकोमा युवाहरुले आपत्ति जनाउँदै गम्भिर ध्यानाकर्षण गराएका छन् । असंवैधाानिक रुपले संसद् बिघटनको सिफारिस गर्न ओली सरकार र तिनका मतियार विरुद्धको संघर्सको कार्यक्रमहरुमा निरन्तर सहयोग, सहभागि जनाउन युवा, विद्यार्थी, किसान, मजदुर, बद्धिजिबि तथा सम्पूर्णमा विज्ञप्ति मार्फत अपिल गरीएको छ ।
