शिवनगर परिवर्तनशिल टोल विकास समितीद्धारा अस्पताल व्यवस्थापन समिती सिन्धुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। आज टाल विकास समितीका अध्यक्ष भानुभक्त श्रेष्ठले अस्पताल विकास समिती सिन्धुलीका अध्यक्ष प्रलाद पोख्रेललाई नाला व्यवस्थापन गर्नु पर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो।
विश्वभर माहामारिको रुपमा फैलिएको काराना भाइरसको पहिलो चरण फैलिए सँगै कमलामाई नगरपालिका -६, शिवनगरमा ५० शैयाको आइसालेसन भवन निर्माण गरिएको थियो । उक्त आइसोलसन भवन निर्माण गर्दा सडकको नाला पुरिएर बाटो बिग्रेपछि स्थानीयलाई सास्ति ब्यहार्नु परेको ध्यानाकर्षण पत्रमा उल्ल्लेख गरिएको छ। आइसोलेसन भवन हुँदै आर्मी खोल्सासम्म जाने सडक आइसोलेसन भवन छेउमा पर्ने बाटोमा बनाईएको नाला पुरिएकाले बर्खा लागेसँगै पानीको भल बगेर बाटो बिग्रिएको जनाइएको छ।
विगतका वर्षमा सम्बन्धित निकाय समक्ष उक्त नालाको व्यवस्थापनका लागि अनुरोध गरे पनि कुनैपनि निकायले चासो नदेखाएको टोल विकास संस्थाका अध्यक्ष श्रेष्ठले बताए। हाल कोभिड अस्पताललाई अस्पताल विकास समिती सिन्धुलीलाई हस्तानतरण गरिएकाले उक्त अस्पताल क्षेत्रबाट निस्कने पानीको अस्पतालले नै व्यवस्थापन गरी सिमेन्टेड नाला बनाई सवारी साधन आवात जावतमा सहजता बनाइदिनको लागि ध्यानाकर्षण गरिएको हो।
