सिन्धुली। काेराेना भाइरसकाे दाेश्राे लहरकाे नयाँ भेरियन्ट फैलिएसँगै संक्रमणकाे प्रतिराेध गर्दै फ्रन्टलाईनमा क्रियाशिल पत्रकारहरूलाई जिल्लाकाे जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई नगरपालिका-६ ले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ।

पत्रकार महासंघ सिन्धुलीलाई सुक्रबार सेनिटाईजर प्रदान गरिएकाे संस्थाका अध्यक्ष मीन बहादुर आलेले जानकारी दिएका छन् । पत्रकारहरू अहाेरात्र नागरिकलाई सुसूचित गर्न क्रियाशिल छन, उनीहरूकाे स्वास्थ्य सुरक्षामा सहयाेग पुगाेस् भन्ने उद्देश्यले सानाे सहयाेग स्वरूप सहकारीकाे तर्फबाट सेनिटाईजर प्रदान गरिएकाे आलेले बताए।

सहकारीले पत्रकार महासंघलाई ४० पिस १०० मिलिकाे सेनिटाईजर दिएकाे बताउदै महासंघका सचिब पुष्कर थापाले महामारीमा पत्रकारकाे सुरक्षामा सहयाेग गर्ने संस्था प्रति आभार ब्यक्त गरे । सहकारीले यसअघि नै क्रियाशिल महिला पत्रकार, रेडियाे शिद्दबाबा साथै विभिन्न कल्वहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरिसकेकाे छ ।