सुनुवार सेवा समाज बिदेश शाखा कतारको छैटौं अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिबेशनबाट शुभराज सुनुवारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन ।

 निर्वाचित समितिमा क्रमशः अध्यक्ष शुभराज सुनुवार, उपाध्यक्षमा कमल बिक्रम सुनुवार र सोनि कुमारी सुनुवार, महासचिव गंगा बहादुर सुनुवार, सचीव दिनेश सुनुवार, कोषाध्यक्ष सोचन सुनुवार, सह–कोषाध्यक्ष सन्त मुखिया सुनुवार सदस्यहरुमा मेनुका सुनुवार, बुद्ध बहादुर मुखिया सुनुवार, दिपा सुनुवार, माया सुनुवार, शिशिर सुनुवार, कृष्ण बहादुर सुनुवार रहनु भएको छ । 

निर बहादुर सुनुवारको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन सत्रमा नेपाल आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष दुर्गा प्रसाद मगरको प्रमुख आतित्थ रहेको थियो । साथै बिभिन्न जातिय संस्थाको अध्यक्ष तथा प्रतिनिधी, कतार स्थित रहेको बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी र कतारमा रहेका सुनुवारहरुको उल्लेख्य उपस्थिती रहेको सुनुवार सेवा समाज संघिय समिति तर्फबाट प्रतिनिधित्व गर्नु भएको साम सुनुवारले जानकारी दिनुभयो । 

“पहिचान र समानताका लागी प्रतिबद्धता” भन्ने नाराका साथ कतार स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा बिभिन्न साँस्कृतिक कार्यक्रम अधिबेशन कार्यक्रम आयोजना गरिएको थियो । सर्वसम्मत रुपमा निर्वाचित नव पदाधिकारीहरुको सुनुवारहरुको आफ्नो मातृभाषामा सपथ लिएका छन ।