काठमाडौं। अमरदीप सुनुवारको दोस्रो गीत "दिन रात सँधै सँधै" सार्वजनिक भएको छ । सोमबार राजधानी स्थित एक समारोहकाबीच सुनुवारले आफ्नो रचनामा रहेको "दिन राज सँधै सँधै" नामक म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । यस अघि प्रशासकसमेत रहेका सुनुवारले "लिखु नदिको तिरैतिर" गीत बजारमा ल्याई सकेका छन् । 

प्रशासक सुनुवारले गीत मार्फत् परदेशीलाई गाउँघर सम्झाउने नोस्टाल्जिक रहेको छ । जन्मेको गाउँ छाडेर टाढा रहेका युवाले आफ्नो गाउँ, साथीसंगी र आफन्त अनि त्यहाँको जीवन गीत र म्युजिक भिडियो मार्फत् मार्मिक रुपमा प्रस्तुत गरेका छन् ।

सुनुवारले रचना गर्नु भएको गीतमा वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ । गीत शान्तिराम राई र अमरदीप सुनुवारको युट्युब च्यानलबाट हेर्न सकिने छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक तथा लेखक प्रकाश सायमीले अमरदीप सुनुवारको गीतले पछिल्लो अवस्थामा नेपालबाट विदेशिने युवाको मर्म बोकेको बताए ।

गीत तथा म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा आफूले कक्षा १२ को परीक्षा दिएर बसेका बेला १८ वर्षअघि लेखेको गीतलाई गायन तथा संगित दिएको बताउनु भएको छ।