काठमाडौं। राई भाषाको पहिलो पप गित हान्तानाङ दुई युट्युवमा सार्वजनिक भएको छ। गत १४ जुलाईमा नेपडुडेज इन्टरटेनमेन्टले पप गित हान्तानाङ दुई युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

प्रायादीप राईको शब्द संगित र अभिनयमा रहेको हान्तानाङ दुई एन वान्तावाले लेखेका हुन् । गितको एरेन्ज मनोज थापा मगरले गरेका छन् भने गितमा सारा राई युवाहाङ राई, प्रायादीप राई, याङसाङ मुकारुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

राई भाषाको पहिलो पप गित हान्तानाङ दुईको निर्देशन फराज अर्पणले गर्नु भएको छ भने विजय राना र प्रयाश आले मगरको कोरियोग्राफी रहेको छ । पाँच मिनेट लामो पप गित राई भाषाकै पहिलो पप गित रहेको निर्माण टोलीको दावी रहेको छ । हान्तानाङ पहिलो धेरैले रुचाएपछि यो दोस्रो निकालिएको हो ।